सूचना तथा समाचार
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)को गुणस्तर परिक्षण पश्चातको अन्तिम नतिजामा काईके गाउँपालिका पहिलो स्थानमा
आ.व. २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को गुणस्तर परिक्षण पश्चातको अन्तिम नतिजामा कायम अंक ८३.२५ ल्याएर हाम्रो पालिकाले डोल्पा जिल्लामै प्रथम स्थान हासिल गरेको छ जस्को गुणस्तर संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०८१।०५।०६ गते गरेर नतिजा प्रकाशित गरेको थियो । गुणस्तर परिक्षण हुनु पुर्व अंक ९० ल्याउदा पनि हामी तेस्रो स्थानमा थियौ।
यस सफल्ता प्राप्तीका लागि बिशेष बधाई आदरणिय नि. प्रमुख प्रशासकीय अधिकृत ज्यूलाइ जस्ले उक्त सफलता प्राप्तिको लागि टिमलाई सहि ढंगबाट मार्गनिर्देशन र ब्यबस्थापन गर्नु भयो साथै यसै कार्यलयको विभिन्न शाखामा कार्यरत सर/म्यामहरु जस्ले सोही मार्गनिर्देशन र ब्यबस्थापनलाई आत्मसात गर्दै उक्त सफलता प्राप्तिका लागि ओहोरात्र खटिनु भयो। तपाईं हामी सबैको लागि यो ठुलो उपलब्धि हो । अब आउने बर्षमा पनि हामिले उच्च अंकसहित उक्त स्थानलाई कायम राख्न सकौ। सबैलाइ हार्दिक बधाइ साथै शुभकामना।