सूचना तथा समाचार
काइके गाउँपालिका को संक्षिप्त परिचय
काईके गाउँपालिका साबिक को सहरतारा र लावन गाविस को यकता बाट वर्तमान काईके गाउँपालिका को २०७३ मा यसको स्थापाना भयको हो l हाल गाउँपालिकाको कार्यालय काईके-२ सहरतारा बगर डोल्पा मा रहेको छ l यो काईके गाउँ पालिका जिल्ला सदरमुकाम दुनै, देखी २४ किलोमिटर पूर्वी क्षेत्र मा रहेको छ l यो नेपालको पछिल्लो बदलिदो संरचना अनुरुप प्रदेश न . ६ को केन्द्रमा पर्ने डोल्पा जिल्ला राजनैतिक वा प्रशासनिक ढंगले ८ वटा स्थानीय निकायहरु २ वटा नगरपालिका र ६ वटा गाउँपलिका हरुमा विभाजन गरियको छ | काईके गाउँपलिका जिल्लाको पूर्वी क्षेत्रको रमणीय स्थानमा अबस्थित प्राकृतिक तथा भौतिक , सास्किर्तिक श्रोत सम्पन्न गाउँपालिका हो l २०६८ को जनगदना अनुसार काईके गाउँ पालिका को जम्मा जनसंख्या ३५७६ रहेको छ l जस मा महिला को जनसंख्या १९१९ र पुरुषको जनसंख्या १६५७ रहेको छ l हाल यस गाउँपालिका को अदक्षय् अंगद कुमार राना रहनु भएको छ l