FAQs Complain Problems

काइके गाउँ पालिकाको वेबसाइटमा स्वागत छ।

व्यक्तिगत घटना दर्ता के हो ?

उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

गाउँपालिका बाट प्रप्त हुने सेवा सुबिधा लिने प्रक्रिया के हो ।

१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |

२.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी|

३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी|

४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी|

५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

गाउँपालिका बाट प्रप्त हुने सेवा सुबिधा लिने प्रक्रिया के हो ।

१‍‍‍‍‍. निवेदन दर्ता गर्ने।

२. तोक लगाउने ।

3. सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने ।

गाउँपालिका बाट प्रप्त हुने सेवा सुबिधा के क‍े हुन् ।

गाउँपालिका बाट जन्मदर्ता ,मृत्यूदर्ता , बसार्इ सरार्इ तथा अन्य प्रमाण पत्र पाउन सकिन्छ । साथै गैरसरकारी संस्था दर्ता , याेजना सम्जाैता ,स्थानिय तहको योजन संम्जाैता प्राकृतिक प्रकोप सहायत सहित अन्य सेवा सुविधा प्रदान गरिन्छ ।

उपभोक्ता समितिले बैंक खाता कसरि खोल्न सक्छन ?

१.योजना उपभोक्ता समितिको निर्णयको छाया कपि |

२.अध्यक्ष ,कोशाध्यक्ष र सचिवका फोटा र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |

३.खाता खोल्ने बैंकको दस्तखत नमुना फाराम |

४.सम्बन्धित बैंक लाई गाउँपालिकाको खाता खोल्ने सिफारिस पत्र |

उपभोक्ता समिति गठन तथा योजना सम्जाैता गर्दा अावश्यक पर्ने विषयहरु ।

१. याेजना वाट लाभान्वित हुने उपभोक्ताहरुको भेलावाट याेजना तथा कार्यक्रम संचालन उपभोक्ता समिति गठन भएकाे भेलाको निर्णय सहितको प्रतिलिपि थान – १

२. प्राविधिकवाट सर्भे भएकाे प्राविधिक स्टमेट थान – १

३. याेजन सम्झौता गरिदिने माग सहितको सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र थान –१

४. योजना संचालन गर्न गठित उपभोक्ता समितिमा रहेका पदाधिकारीहरुका नेपालि नागरिकता प्रमाण मत्रको प्रतिलिपि थान –१/१

५. योजना रकम भुक्तानीको लागी तोकिएको बैंक खाता संचालनको लागी वडा कार्यालयले पठाएको सिफारिस पत्र को थान –१

समस्या दर्ता

सुझाव तथा गुनासो

Pages