FAQs Complain Problems

काइके गाउँ पालिकाको वेबसाइटमा स्वागत छ।

स्थानीय पञ्जिकाधिकारी कसलाई भनिन्छ ?

उत्तर: (क) नगरपालिकाहरुका हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) को सहमतिमा नगरपालिकाको सचिवले तोकेको स्थानीय निकायको कर्मचारी,
(ख) गाउँ विकास समितिको हकमा गाविस सचिव र गाविस सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) ले तोकिदिएको स्थानीय निकायको कर्मचारी |

व्यक्तिगत घटना कसले गर्दछ ?

उत्तर: स्थानीय पञ्जिकाधिकारीले ।

व्यक्तिगत घटना दर्ता कहाँ गरिन्छ ?

उत्तर: सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको गाउँ विकास समिति वा नगरपालिका ।

व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ?

उत्तर: जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।

व्यक्तिगत घटना दर्ता के हो ?

उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

गाउँपालिका बाट प्रप्त हुने सेवा सुबिधा लिने प्रक्रिया के हो ।

१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |

२.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी|

३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी|

४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी|

५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

गाउँपालिका बाट प्रप्त हुने सेवा सुबिधा लिने प्रक्रिया के हो ।

१‍‍‍‍‍. निवेदन दर्ता गर्ने।

२. तोक लगाउने ।

3. सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने ।

Pages