FAQs Complain Problems

वार्ड नम्बर. ३

वडा अध्यक्ष- राजु बुढा

काईके गाउँपालिका अन्तरगतका ७ वटा वडाहरु मध्य वडा नम्वर ३ मा गुम्बातारा गाउँ जस्मा ताराकोट, भेलुवा, गोफा, करव र ठेनी पर्दछन। साबिक को सहरतारा ३, ४  र ५  वडा मिलि यस ३ नम्बर वडा को स्थापना भयको हो l पालिकाको कार्यालय देखि करिव ३ देखि ४ किलोमिटरको दुरिमा अवस्थित यो गाउँमा ५५४ जनाको जनसंख्या रहेको छ, जस्मा महिला को संख्या ३०२ र पुरुषको संख्या २५२ छ र यस गाउँको जम्मा घरधुरीको १३० छ। जम्मा जनसंख्याको २० प्रतिशत निरक्षर छन भने बाकि ८० प्रतिशत साक्षर छन। यस गाउँमा बसोबाष गर्ने बौध धर्मावलम्विको बाहुल्यता रहेको छ। यस गाउँमा मुख्यगरी काईके (मगर खाम )भाषा बोलिन्छ। देश भित्रकै प्रख्यात भाषा मध्यको एक काईके भाषाको उद्गम स्थलको रुपमा चिनिने ठाउँ पनि यतै पर्दछ। यस वडामा मुख्यगरी बुढामगर, रोकाया मगर, पुन मगर, लामा आदी जातजातिहरु वसोवाष गर्दछन। यस वडावासीहरुले मुख्यगरी चैती,रुङ, छेयगोलाई मुख्य चाडको रुपमा मान्द छन। यस वडाका वडा वासिहरुले मुख्यगरी कृषि, पशुपालन, व्यापार र रोजगारमा आवद्द भएको पाईन्छ। कुल देवताको रुपमा यस वडा वाषिहरुले मुख्यगरी च्योफता पुज्ने गर्दछन। वडा नम्बर २ मा धार्मिक पर्यटकिय स्थलको रुपमा टिका गुम्बा, लामा पाइला, पुठा हिमाल, धाइसा गुम्बा, साम्य हिसे छुलिङ्ग गुम्बा, साङ्गा छोयाबोर, राप्तेनलिङ्ग गुम्बा आदि ठाउहरु प्रशिद छन जहा बर्षेनि स्थानिय लगायत व्हाय प्रयटकहरु आउने गरेको पनि पाईन्छ। यस वडामा सानो सानो गाउँहरु भिन्न भिन्न ठाउँमा अवश्थित रहेकोले घोरेटो बाटोको निर्माण प्रस्सतरुपमा गरिएको छ।  पठन पाठनका लागि यस वडामा श्री तान्सा गुम्वा प्रावि, सितला प्रा.वि. र सगरमाथा आधारभूत विद्यालयहरु छन। हाल यस वडाको वडा अध्क्षय राजु बुढा हुनुहुनछ भने वडा सचिव संगिता योगी हुनुहुन्छ l 

वडा नम्बर ३ को जानकारी लिनखोज्नु भएकोमा तपाईलाई विशेष धन्यावद ।

काईके गाउँपालिका वडा नम्वर ०३ को कार्यालय, डोल्पा।

Population: 
554
Ward Contact Number: 
9864716034