FAQs Complain Problems

काइके गाउँपालिकाको संक्षिप्त परिचय

काईके गाउँपालिका साबिकको शहरतारा र लावन गाविसको यकता बाट वर्तमान काईके गाउँपालिका को २०७३ मा यसको स्थापाना भयको हो l हाल गाउँपालिकाको कार्यालय काईके-२ शहरतारा बगर डोल्पामा रहेको छ l यो काईके गाउँपालिका जिल्ला सदरमुकाम दुनै बजार, देखी २४  किलोमिटर पूर्वी क्षेत्र मा रहेको छ l   यो नेपालको पछिल्लो बदलिदो संरचना अनुरुप कर्णाली प्रदेशको उच्च पहाडी क्षे्त्रमा पर्ने डोल्पा जिल्ला राजनैतिक वा प्रशासनिक ढंगले ८ वटा स्थानीय निकायहरु जसमध्य २ वटा नगरपालिका र ६ वटा गाउँपलिका हरुमा विभाजन गरियको छ | काईके गाउँपलिका जिल्लाको  पूर्वी   क्षेत्रको रमणीय स्थानमा अबस्थित प्राकृतिक तथा भौतिक , सास्किर्तिक श्रोत सम्पन्न गाउँपालिका हो l हाल यस गाउँपालिका को अध्यक्ष श्री अंगद कुमार राना, उपाध्यक्ष श्री निमा बुढा, प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत श्री सम्झना पराजुली र सूचना प्रविधि शाखामा कार्यरत श्री सत्यराज शाही हुनुहुन्छ। २०६८ को जनगणना अनुसार काईके गाउँ पालिका को जम्मा जनसंख्या ३५७६ रहेको छ l जस मा महिला को जनसंख्या १९१९ र पुरुषको जनसंख्या १६५७ रहेको छ भने, २०७८ को जनगणना अनुसार काईके गाउँपालिकाको जम्मा जनसंख्या ३९६५ रहेको छ l जसमा महिलाको जनसंख्या २११३ र पुरुषको जनसंख्या १८५२ रहेको छ l २०७८ को जनगणना अनुसार यस काईके गाउँपालिकाको ७ वटै वडाको जनसंख्याको विवरण निम्नानुसार रहेको छ ।

जनसंख्याको विवरण तालिका

वडा नम्वर महिलाको संख्या पुरुषको संख्या जम्मा जनसंख्या
१. २५२ २१६ ४६८
२. २९२ २७६ ५६८
३. ३०२ २५२ ५५४
४. ३२५ २८२ ६०७
५. ४६७ ३९७ ८६४
६. २३४ २१९ ४५३
७. २४१ २१० ४५१
जम्मा २११३ १८५२ ३९६५

 

 

                                                                                                                              {नोटः यो सम्पपुर्ण डाटा २०८० सालमा परिमार्जित गरियको हो ।}

 

 

Introduction of Sahartara
Sahartara is a village development committee in Dolpa District in the Karnali Zone of north-western Nepal. At the time of the 1991 Nepal census it had a population of 1511 persons living in 339 individual households.
Weather: 13°C, Wind W at 14 km/h, 43% Humidity
Population: 1,511 (1991)
Local time: Wednesday 2:34 PM
 
Introduction of Lawan, Nepal
Village in Nepal
Lawan is a village development committee in Dolpa District in the Karnali Zone of north-western Nepal. At the time of the 1991 Nepal census it had a population of 1270 persons living in 279 individual households.
Weather: 12°C, Wind W at 14 km/h, 43% Humidity
Local time: Wednesday 2:42 PM
Population: 1,270 (1991)
 
 
#ito_Satyaraj_Shahi