FAQs Complain Problems

वडा नम्बर. ५

वडा अध्यक्ष - राजु रोकाया

वडाको विस्तृत परिचय

काईके गाउँपालिका अन्तर्गत पर्ने यो पाँचौ वडा हो l साबिक को लावन १, २, ३, ४  र ५  वडा मिलि यस ५ नम्बर वडा को स्थापना भयको हो l हाल यस वडाको वडा अध्यक्ष श्री राजु रोकाया हुनुहुन्छ । वडा नम्बर ५ को कार्यालय बैजिबारामा रहेको छ l खानी, खानी गुम्बा, छोरीटारा, बैजिबारा र ब्यासी आदिगाउँहरु मिलि वडा नम्बर ५ बनेको छ । वडा नम्बर ५ मा बसोबास गर्ने मानिसको जम्मा जनसंख्या ८६४ जस्मा महिलाको संख्या ४६७ छ भने पुरुषको संख्या ३९७ छ ।

     साक्षरता दरः ३० प्रतिशत

     निरक्षरता दरः ७० प्रतिशत

जम्मा घरधरी संख्याः १८०

धर्म बौद्ध

जातजाति जनजातीः(बुढा मगर, रोकायमगर, थापा मगर, लामा मगर,  क्षेत्रीःविष्ट आदिको वसोबास बएको पाईन्छ ।

कुल  देवता फोला देवतालाई विशेष र अन्यपनि पुज्य गरेको पाईन्छ ।

पेशा तथा ब्यबसाय कृषि, पशुपालन,ब्यापार,रोजगार आदि ।

धार्मिक तथा पर्यटकिय स्थलहरु

  • नेछेन रिबोवाल्भार तर्थस्थल ।
  • छोईजुम पाल्री ओरगेन छोईलिङ गुम्बा ।
  • सेतेङ युङडुङ शुग्छल बोन गुम्मा ।
  • क्याईकोचन ताल ।
  • सुर्बोछे गुम्बा,गरुगुम्भा स्तुपा बोनरातोन स्तुपा आदि ।

प्रमुख चाडपर्वहरु

चैती, टुम्ज्यो, छैंगो, ल्होसार, केजा, कोरच्याङ आदि छन ।

बाटोघाटोहरु

  1. बैजिबारा देखि ब्यासघाट सम्म गोरेटो बाटो ।
  2. बैजिबारा देखि खानीसम्म गोरेटो बाटो ।
  3. बैजिबारा देखि ब्यासी सम्म गोरेटो बाटो ।

 

चरण क्षेत्रहरु

फेजा, खोली, घोही, ङिन, पेरमाङिन, छोबा, खाङघो, थो, छिङका, लाक्याब आदि।

पाटन क्षेत्र

तासा, खोली, छिङ्का, छुघोर, तिल्वा, नावरपानि, क्याइकोचेन, नयाबन, ज्योङ्ज्युलुङ् आदी

सड्क

हाल सम्म सड्क यातायातले नछोएको ।

बिद्यालयहरु

  1.  श्री भेरी आधारभुत बिद्यालय
  2.  श्री सहिद गंगालाल आधारभुत बिद्यालय
  3.  श्री बेदव्यास आधारभुत बिद्यालय

अन्य सरकारी कार्यालयहरु

  1. वडा कार्यालय
  2. बैजीवारा आधारभुत स्वास्थ्य चौकी
  3. खोप केन्द्र
  4. युवा क्वब भवन १

युवा क्लबको बिवरण

  1.  नेछेन रिवो वालवहार युवा क्लब
  2.  हिमचुली युवा क्लब
  3.  मिलिजुली समाजसेवा युवा क्लब

वन समितिहरु

  1.  सेतोङम गुम्बा सामुदायिक बन उपाभोक्ता समिति
  2.  नावरपानी सामुदायिक बन उपभोक्ता समिति
  3. व्यास ऋषि सामुदायिक बन उपभोक्ता समिति
  4. सुर बुच्चे सामुदायिक बन उपभोक्ता समिति

कवुलियति बन उपभोक्ता समिति

  1.  नेलुगंवा कबुलियति बन
  2.  तेर्को कबुलियति बन
  3.  ताछिमि कबुलियति बन
  4.  ताजम कबुलियति बन
  5.  नालै कबुलियति बन

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
864
Ward Contact Number: 
9848304131