FAQs Complain Problems

वडा नम्बर २

वडा अध्यक्ष- ओमकार रोकाया 

काईके गाउँपालिका अन्तरगतका ७ वटा वडाहरु मध्य वडा नम्वर २ मा शहरतारा र सान्थेलिङ गाउँ पर्दछन।साबिक को सहरतारा ८ र सहरतारा ९ वार्ड मिलि यस २ नम्बर वार्ड को  स्थापना भयको हो l पालिकाको कार्यालय देखि करिव २ देखि ३ किलोमिटरको दुरिमा अवस्थित यो गाउँमा ५६८ जनाको जनसंख्या रहेको छ, जस्मा महिला को संख्या २९२ र पुरुषको संख्या २७६ छ र यस गाउँको जम्मा घरधुरीको १०८ छ। जम्मा जनसंख्याको १५ प्रतिशत निरक्षर छन भने बाकि ८५ प्रतिशत साक्षर छन। यस गाउँमा बसोबाष गर्ने बौध धर्मावलम्विको बाहुल्यता छ भने केहि सम्म हिन्दु धर्म मान्ने मानिसको बसोबाष रहेको छ। यस गाउँमा मुख्यगरी काईके (मगर खाम )भाषा बोलिन्छ। देश भित्रकै प्रख्यात भाषा मध्यको एक काईके भाषाको उद्गम स्थलको रुपमा चिनिने ठाउँ पनि यतै पर्दछ। यस वडामा मुख्यगरी बुढामगर, रानामगर, घर्तीमगर, गुरुङ्ग, ठकुरी आदी जातजातिहरु वसोवाष गर्दछन। यस वडावासीहरुले मुख्यगरी चैतीलाई मुख्य चाडको रुपमा मान्द छन। यस वडाका वडा वासिहरुले मुख्यगरी कृषि, पशुपालन, व्यापार र रोजगारमा आवद्द भएको पाईन्छ। कुल देवताको रुपमा यस वडा वाषिहरुले मुख्यगरी छ्यो पुठा, लच्छिन तानुमालाई पुज्ने गर्दछन। वडा नम्बर २ मा धार्मिक पर्यटकिय स्थलको रुपमा तातोपानी, माङघाङ गुम्बा, बुडाल मष्टा मन्दिर, सान्थेलिङ गुम्बा आदि ठाउहरु प्रशिद छन जहा बर्षेनि स्थानिय लगायत व्हाय प्रयटकहरु आउने गरेको पनि पाईन्छ। यस वडाको आक्रषक पर्यटकिय क्षेत्रको रुपमा सामुहिक खप्सया स्याउ ओखर फर्म, रिक्वा स्याउ ओखर फर्मलाई पनि लिन सकिन्छ किनकि देखिसककेपछिको त्यो दृश्यले पर्यटकको मन लोभ्याईएको देख्न सकिन्छ। यस वडामा सानो सानो गाउँहरु भिन्न भिन्न ठाउँमा अवश्थित रहेकोले घोरेटो बाटोको निर्माण प्रस्सतरुपमा गरिएको छ। यस वडामा यातायातको सुविधाको कुरागर्नु पर्दा पालिकादेखि शहरताराको पर्यटकीय स्थल तातोपानी सम्म हल्का रुपमा सहजिकरण हुने बाटो रहेको छ। काईके गाउँपालिकाको मात्र नभई डोल्पा जिल्लाकै नमुना विद्यालयको रुपमा चिनिने प्राविधिक विद्यालय अरनिको साधारण मा.वि. यहि वडामा रहेको छ जस्मा प्राविधिक लागायत अप्राविधिक दुवै विषयहरुको पठन पाठन भैरहेको छ। वडा नम्बर २ मा सेवा सुविधाको रुपमा वडा कार्यालय, आयुर्वेदिक औषधालय, नेपाल बैङ्क लिमिटेड, कृषि तथा पशु शाखा, स्वाँस्थ चौकी आदीको सुविधा यहि वडा बाटै लिन सकिने व्यवस्था छ।हाल यस वडा को वडा अध्क्षय ओमकार रोकाया हुनुहुनछ भने वडा सचिव एलिजा अधिकारी हुनुहुन्छ l वार्ड नम्बर २ को कार्यालय शहरतारा  मा रहेको छ l

वडा नम्बर २ को जानकारी लिनखोज्नु भएकोमा तपाईलाई विशेष धन्यावद दिन चाहान्छौ।

काईके गाउँपालिका वडा नम्बर २ को कार्यालय, डोल्पा।

Population: 
568
Ward Contact Number: 
9846398393