FAQs Complain Problems

परिचय

अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढ्न थालीरहेको वेला गाउँपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्‍याउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं । वेवसाइट संचालनबाट नागरिकहरुलाई प्रत्याभुत गरीएको सूचनाको हक सुनिश्चित गर्नुका साथै गाउँपालिकालाई छीटो छरितो, प्रभावकारी, पारदर्शी र सुलभ ढंगले सेवा प्रदान गर्न सहयोग पुगी गाउँपालिकाको कर प्रशासनमा सुधार आउने गाउँपालिकाले आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत गाउँ  र गाउँपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ । यहांहरुको सुझाव तथा प्रतिक्रियाको समेत अपेक्षा राखेका छौं । गाउँपालिकाको यस वेवसाइटको अवलोकन गर्नु भएकोमा हार्दिक धन्यवाद ।