FAQs Complain Problems

काईके गाउँ पालिकालिका को वेभसाइटमा स्वागत छ ।

आफुले तिरेको कर तथा शुल्क अनि आफ्नो लागि भनेर केन्द्रीय सरकार तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त श्रोत साधनको सही रुपमा उपयोग भयो भएन जान्न पाउनु प्रत्येक नागरिकको अधिकार हो । विकास निर्माण लगायत गाउँपालिकाका हरेक क्रियाकलापहरुमा तबमात्र अपेक्षित जनसहभागिता प्राप्त गर्न सकिन्छ जब यिनीहरुको छनौट देखि कार्यान्वयन तथा लाभको वितरण सम्मको सहभागिता हासिल गर्न प्रत्येक नागरिकमा सार्वजनिक चासोका हरेक विषयमा प्रभावकारी किसिमले सूचनाको प्रवाह हुन्छ । 

हाम्रो गाउँपालिकाले यस कुरालाई मध्यनजर गरी यस्ता सार्वजनिक चासोका हरेक कुरालाई विभिन्न माध्यमद्वारा जनतासमक्ष ल्याउने क्रममा यो वेभसाइट मार्फत समेत आफ्ना गतिविधि एवं सूचनाहरु यहांहरु समक्ष ल्याएका छौं । वेभसाइटबाट गाउँपालिका को गतिविधि एवं सूचनाहरुको अध्ययन गरी यहांको रचनात्मक सुझावको अपेक्षा गर्दछौं । नेपाल सरकारको पातलो वस्ती भएको क्षेत्रहरुलाई जनसंख्याको आधारमा गाउँपालिकाको रुप दिई क्रमिक गतिमा भौतिक सुविधा सम्पन्न वनाई स्थानीय आर्थिक गतिविधिको केन्द्रको रुपमा विकास गर्ने नीति अनुरुप वि.स. २०७३ सालमा स्थापना भएको हो ।